SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

‘गौँथली’मा पहिलोपटक अरुण-सिम्रनको जोडी, साउन १ बाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा यो सिनेमामा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । निर्देशक कपिल रिजालले यो चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कालाई अनस्क्रिन जोडी बाँधिदिएका छन् । अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । यी दुवै कलाकार दर्शकको मनमा बसिसकेका कलाकार हुन् ।