SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा.दीपक काफ्लेले न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काममा लगाउनु कानुनविपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कानुनी कारबाही हुने बताएका हुन् ।