SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

नवलपरासी पश्चिम । बर्दघाट सुस्तापश्चिम नवलपरासीमा दुई सातादेखि वर्षा नहुँदा खडेरी लम्बिएको छ । अत्यधिक गर्मीका कारण धानखेतमा रोपिएका बिरुवा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयदेखि पानी नपर्दा खेतमा धाँजा फाट्न थालेको छ भने सिँचाइका स्रोतसमेत सुक्दै गएका छन् ।