SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

४० किलोवाटको शक्तिशाली ब्याट्रीसहित नेपाल आउँदै नयाँ ‘पञ्च ईभी’, कति दिन्छ माइलेज ?

काठमाडौं । नेपाली अटो बजारमा निकै रुचाइएको इलेक्ट्रिक माइक्रो एसयूभी टाटा पञ्च ईभी (TATA Punch.ev) थप शक्तिशाली र परिमार्जित रूपमा नेपाल भित्रिने भएको छ । आगामी साउन अन्तिम साता काठमाडौंमा आयोजना हुन गइरहेको ‘नाइमा अटो शो’ मा टाटा मोटर्सले यस गाडीको नयाँ २०२६ संस्करण नेपाली उपभोक्तामाझ सार्वजनिक गर्ने तयारी गरेको छ ।