SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

खैरो हिरोइनसहित १० जना पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित १० जनालाई पक्राउ गरेको छ । आज जिल्लाका विभिन्न स्थानहरूबाट कुल ४० ग्राम ५९० मिलीग्राम खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।