रास्वपा महाधिवेशन : विदेशमा रहेकाले मोबाइलबाटै मतदान गर्न पाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ । पार्टीका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेका सदस्यहरूले महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसकेमा मोबाइल एपबाटै मतदान गर्न सक्नेछन् ।
