सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी- ‘७ दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ’
सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहले माइतीघरमा धर्ना दिएको छ । बुधवार बिहान माइतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरूलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताए । आफूहरूको आयस्रोतको माध्यम भनेकै साङ्गीतिक कार्यक्रम भएको बताए ।
