दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
नवलपरासी । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएको छ । कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई चालु आर्थिक वर्षमा रु २८ लाख अनुदान उपलब्ध गराएको छ ।
