प्रदेशसभा खारेजी प्रस्तावप्रति जनमत पार्टीको आपत्ति, ‘रास्वपाको एजेण्डा राजनीतिक बेइमानी’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रमा प्रदेशसभा खारेजी तथा स्थानीय तह एकतिहाइ घटाउने प्रस्ताव राखेपछि त्यसप्रति जनमत पार्टीले आपत्ति जनाएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रतिवेदनमा समावेश प्रदेशसभा खारेजीको प्रस्तावलाई ‘चरम राजनीतिक बेइमानी’को संज्ञा दिएको छ ।
