SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

हुम्लामा जीप दुर्घटना, चार जना घाइते

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।