SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी : सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ

काठमाडौं । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरूको समूहले आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै बुधबार माइतीघर मण्डलामा धर्ना दिएको छ । धर्नामा सहभागी दृष्टिबिहीनहरूले राज्यले आफूहरूलाई पछाडि पार्दै आएको र जीविकोपार्जनका लागि रहेको सीपसमेत प्रयोग गर्न नदिएको गुनासो गरेका छन् ।