SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको सम्मान गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष मगरले व्यवसाय सञ्चालनका क्रममा कुनै पनि प्रकारको मानव अधिकार उल्लंघन हुन नदिन सरकार र व्यवसायी दुवैले विशेष ध्यान दिनुपर्ने बताए ।