सुनको भाउ तोलामै ३ हजार ६०० रुपैयाँले घट्यो, कतिमा भइराखेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा पछिल्ला दिनमा सुनचाँदीको भाउ घटिरहेको छ । हिजो मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज बुधबार प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
