कांग्रेस क्रियाशील सदस्यतासम्बन्धी नयाँ तालिका सार्वजनिक, अन्तिम मिति असार २० गते
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ । पछिल्लो कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यतासम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ । कार्यतालिकामा जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ ।
