विराटनगरको परोपकार घाटमा अश्लील गतिविधि गरेको आरोपमा ४ जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाट क्षेत्रमा मध्यरातमा अश्लील गतिविधि गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङका ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र छविलाल घिमिरे, सुनसरीका २५ वर्षीय कैलाश ढुंगाना तथा भोजपुरका १८ वर्षीय मनिष काफ्ले रहेका छन् ।
