महाधिवेशनमा मतदान नै नगरी प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्किँदै
काठमाडौं । पार्टी महाधिवेशनका लागि चितवन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज (बुधबार) काठमाडौं फर्किने भएका छन् । उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं फर्किन लागेका हुन् । उनी सपरिवार चितवनको लटाली सेन्चुरी रिसोर्टमा बस्दै आएका थिए । शाह महाधिवेशनमा मतदान नै नगरी काठमाडौं फर्किन लागेका हुन् ।
