SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकपमा डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह के को खेलमा डीआर कंगोलाई कोलम्बियाले १-० ले पराजित गरेको हो । कोलम्बियाका लागि खेलको ७६ औँ मिनेटमा ड्यानियल म्युनोजले गोल गरेका थिए । यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो ।