SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

असहायको उद्धारमा मानवसेवा आश्रम सक्रिय

झापा । झापास्थित मानवसेवा आश्रम असहायहरूको उद्धार र उपचारमा सक्रिय छ । निःसहायहरूलाई अस्पताल पुर्याउन तथा सडकमा वेवारिस भएकाको उद्धार गर्न दाताको दानबाट एउटा जीप खरिद गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित आश्रमको झापा शाखामा हाल १०३ जना वृद्धवृद्धा आश्रित छन् ।