इरानी राष्ट्रपति पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने
एजेन्सी । इरानी राष्ट्रपति मसूद पेजेस्कियान मंगलवार औपचारिक भ्रमणका लागि पाकिस्तान आइपुगेका छन् । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी पत्र पश्चात विकसित कुटनीतिक प्रयासहरूका सन्दर्भमा छलफल गर्न उनी पाकिस्तान गएका हुन् । भ्रमणका क्रममा राष्ट्रपति पेजेस्कियान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफबीच उच्चस्तरीय भेटवार्ता हुने कार्यतालिका रहेको छ ।
