SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । पाल्पाका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन् । विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन् ।