SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

बाढी-पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ? 

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी, पहिरो र सडक मर्मतका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीको विवरण अनुसार कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन् । कोशी प्रदेशका तीनवटा मुख्य सडक खण्डहरू प्रभावित भएका छन् ।