फेवातालमा डुबेर एक जनाको मृत्यु
काठमाडौं । पोखराको फेवातालमा डुबेर गएराति एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापाको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले तालको २५ फिट गहिराइबाट अचेत अवस्थामा उद्धार गरेको थियो ।
