इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव पारित
एजेन्सी । अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ । मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो पहिलो पटक हो ।
