SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

करातेकी एरिका र उसुका विजय एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी

एजेन्सी । करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड २०८२ बाट  पुरुषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाडी भएका हुन् ।