एचआईभी विरुद्धको अभियानलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी रूपमा एचआईभी/एड्सको महामारीलाई अन्त्य गर्न र यस विरुद्धको लडाइँलाई तीव्रता दिन सुदृढ राजनीतिक प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत आयोजित एचआईभी/एड्स सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
