रास्वपाको ९९ केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढी उम्मेदवार, आजै नामावली सार्वजनिक गरिने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय समितिका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मनोनयन दर्ता प्रक्रिया रातिसम्म जारी रहेकाले उम्मेदवारको यकिन संख्या निकाल्ने काम भइरहेको छ ।
