SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौं । नेपालबाट चोरी गरी अमेरिकामा लगिएका दुई महत्वपूर्ण पुरातात्त्विक मूर्ति फेरि नेपाललाई फिर्ता गरिएको छ । ती मूर्तिहरू पद्मपाणी र नृत्यदेवी हुन् । यी दुवै मूर्ति धेरै वर्षअघि नेपालबाट चोरी भएर अमेरिका पुगेका थिए । पछि खोजी गरेर फेला पारी न्युयोर्कमा नेपाललाई हस्तान्तरण गरिएको हो ।