SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

पौडेलको रिहाइ माग्दै एमालेको चेतावनी : ‘पूर्वाग्रही गतिविधि तत्काल रोकियोस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले पार्टीप्रति पूर्वाग्रही र लक्षित ढंगले गतिविधि गरिरहेको निष्कर्ष निकालेको छ । पार्टीले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेल को गिरफ्तारीलाई गैरकानूनी, प्रतिशोधमूलक र पूर्वाग्रही कदम भएको दाबी गर्दै तत्काल बिना शर्त रिहाइको माग गरेको छ ।