SHARE
पर्दाफास · बुधबार १० असार २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री सचिवालयका तीन जनाको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको सचिवालयका तीन जनाले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।