प्रधानमन्त्री सचिवालयका तीन जनाले दिए रास्वपाको केन्द्रीय समितिमा उम्मेदवारी
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाले पार्टीको केन्द्रीय समितिमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
