जेनजी आन्दोलनमा काठमाडौं प्रहरी परिसरबाट भागेका दुईजना पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट फरार दुईजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ शनिश्चरे नगरपालिका–९ का २९ वर्षीय ज्ञानेन्द्र खडका तथा बारा परवानीपुर गाउँपालिका–२ का ३० वर्षिय खडानन्दप्रसाद यादव रहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
