जेसीबी उपकरण खरिदका लागि एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता
काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरण खरिदका लागि वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एमएडब्ल्यू अर्थमुभर्सका एफ एन्ड आर प्रमुख सञ्जयदेव यादव र ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल ले हस्ताक्षर गरेका हुन् ।
