रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन अन्तर्गत सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । पार्टीको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रियामा अन्य कुनै दाबेदार नउठेपछि लामिछाने पुनः सभापतिको जिम्मेवारीमा चयन भएका हुन् ।
