SHARE
पर्दाफास · बुधबार १० असार २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

२४ घण्टामा दुई हजार ५५० सवारी चालकले गरे नियम उल्लंघन

बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, संकेत बत्ती उल्लंघनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो।