विश्वकपमा रोनाल्डोको दमदार पुनरागमन, पोर्चुगल विजयी
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै टोलीलाई ५–० को ठूलो जित दिलाएका छन् । यससँगै उनले जारी विश्वकपमा आफ्नो पहिलो गोल पनि गरेका छन् । पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोसँग १–१ को बराबरी खेलेपछि आलोचना खेपिरहेको पोर्चुगलका लागि यो जित निकै महत्त्वपूर्ण रह्यो ।
