SHARE
मकालु खबर · बुधबार १० असार २०८३ १२:५५ AM · 1 मिनेट पढाइ

उज्बेकिस्तानविरुद्ध पोर्चुगलको शानदार जित

काठमाडौं। फिफा विश्वकप २०२६ मा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मंगलबार नयाँ कीर्तिमान कायम गरेका छन् । उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै उनले छ फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन् ।