SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : स्वर्णिम, सुधन, शिशिर खनालले दिए केन्द्रीय सदस्यका लागि उमेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका निम्ति स्वर्णिम वाग्ले, सुधन गुरुङ, शिशिर खनाल लगायतले उमेदवारी दिएका छन् । चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा वाग्ले, गुरुङ र खनालले केन्द्रीय सदस्य पदका निम्ति उमेदवारी दिएका हुन् । अहिले केन्द्रीय सदस्य पदका लागि उमेदवारी दिन प्रतिनिधिहरू दर्ता फाराम भरिरहेका छन् ।