SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएपछि भरतपुरस्थित एक होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि’ लाई नगद जरिवानासहित कारबाही गरेको हो ।