विष्णु पौडेललाई थुनामै राख्न विशेष अदालतको अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णुप्रसाद पौडेललाई थुनामै राखेर राखेर मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएको छ । मंगलबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै म्याद थपको अनुमति मागी विशेष अदालत पुगेको थियो ।
