SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

राहदानी छपाइ प्रकरण : अख्तियारले नियन्त्रणमा लियो थप तीन उपसचिव

राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप तीन कर्मचारीलाई नियन्त्रणमा लिएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका निर्देशक सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाईं र परराष्ट्र मन्त्रालयका कानुनतर्फका उपसचिव राजाराम दाहाललाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेको हो। यसअघि उनीहरू हाजिरी जमानीमा छुटेका थिए।