डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु
सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्।
