SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्छ : गगन थापा

झापा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताएका छन् । झापाको विर्तामोडमा आज आयोजित कांग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा उनले अब सरकार बनाउने अङ्क गणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।