SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

गृहमन्त्रीलाई दिइएको अम्लेटमा माछाको काँडा भेटिएपछि…

गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको बताए । प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अम्लेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ ।