SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्।