SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

जसलाई देखेर कलाकार बने, उनै ‘मदनकृष्ण’ बन्दै महेश

काठमाडौँ । एक साँझ कलाकार महेश त्रिपाठीको फोनमा निर्देशक मिलन चाम्सको कल आयो । चाम्सले फोनमै आफ्नो नयाँ फिल्मको कथावस्तु र टिमबारे विस्तारमा सुनाए । कथा र टोली बारे जानकारी पाएपछि त्रिपाठीले तत्कालै फिल्मका लागि ‘ओके’ भने ।