पार्टीभित्र गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । महाधिवेशनको बन्दसत्रलाई आज सम्बोधन गर्दै उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताए । सभापति लामिछानेले भने, ‘हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन ।
