‘महाराजधिराज’ छायांकनको मध्यतिर पूजना अनुबन्धित
काठमाडौँ । चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् । सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘हामी एक अब्बल कलाकारको खोजीमा थियौँ ।
