SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना

चितवन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला हुलाक कार्यालयको आज निरीक्षणपछि उनले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताए । उनले भने, ‘जनता खुसी भए मात्र विश्वास बढ्छ, जनताको विश्वास बढेपछि मात्रै तपाईँको कामको महत्त्व बढ्छ ।