SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने प्रवक्ता झाको संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताएका छन् । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् ।