विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै
कालीकोट । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने २०० विद्यार्थीलाई ‘एक घर, एक करेसाबारी’ बनाउन सीप सिकाउँदैछ । कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
